Advertisement

देशभर उच्च वर्षाको सम्भावना, यी नदीमा आउन सक्छ उच्च बाढी

0 520

Advertisement

११ साउन, काठमाडौं । मनसुन पुनः सक्रिय बनेसँगै देशका अधिकांश क्षेत्रका उच्च वर्षाको सम्भावना रहेको छ। आज देशका नदीमा उच्च बहावको सम्भावन रहेको छ।

आज कोशी, नारायणी, महाकाली र यिनका सहायक नदीमा विशेषगरी सुनकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर, त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकीमा बहाव बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने तथा कर्णाली र यस्का सहायक नदीहरुमा बहाब उल्लेख्य बढ्ने पूर्वानुमान छ।

मनसुन न्यूनचापीय रेखा विस्तारै नेपालको तराई भूभाग नजिक आउने क्रम सुुरु भएकाले सोमबारदेखि मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद्हरुले बतााएका छन्।

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत जनाएको छ।

विभागले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.