Advertisement

मोटरसाइकल चोरी गर्ने पाँच जना पक्राउ

0 89

Advertisement

२६ साउन, काठमाडौँ । प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले चलाएको ‘अप्रेसन बाइक हन्ट’ अभियानअन्तर्गत पाँच मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउपर्नेमा नुवाकोटको तादी गाउँपालिकाका २२ वर्षीय विशाल तामाङ, १९ वर्षीय राजन तामाङ, १९ वर्षीय दिनेश तामाङ, नुवाकोटकै दुप्चेश्वर गाउँपालिकाका ४० वर्षीय रामशरण दमाईं र रामेछापको खाँडादेवी गाउँपालिकाका २५ वर्षीय घनश्याम कार्की छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँका विभिन्न स्थानबाट चोरीका मोटरसाइकलसहित पाँचै जनालाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकासँग सुजुकी कम्पनीको कालो रङको गिसर मोटरसाइकल, यामाहा कम्पनीको एफजेडएस मोटरसाइकल, कालो रङको सिएफ मोटरसाइकल, रातो रङको पल्सर मोटरसाइकल र प्रदेश नम्बरप्लेट भएको पल्सर मोटरसाइकल बरामद गरेको छ ।

पक्राउ परेका पाँचै जनालाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद-२० को २४१ अनुसार ‘चोरीसम्बन्धी कसुर’मा जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिएर प्रहरीवृत्त महाराजगञ्जले अनुसन्धान अघि बढाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.