Advertisement

लमजुङमा एक वर्षमा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु

0 106

Advertisement

२१ साउन, काठमाडाैं । लमजुङमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परेर १७ जनाको ज्यान गएको छ । आर्थिक वर्ष ०७८–०७९ मा जिल्लामा विभिन्न स्थानमा भएको २२ सवारी दुर्घटनामा परी १७ जनाको ज्यान गएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका अनुसार ०७८ साउनदेखि ०७९ असार मसान्तसम्ममा भएका सवारी दुर्घटनामा ८ जना गम्भिर घाइते र १७ जना समान्य घाइते भएका थिए । गएको आर्थिक वर्षमा दुर्घटनामा परेका सवारीमध्ये सवै भन्दा धेरै मोटरसाइकल रहेका छन् । सो अवधिमा जिल्लामा १० वटा ट्याक्टर दुर्घटनामा परेका थिए ।

यस्तै, अन्य सवारी साधनहरुमा ट्रयाक्टर ६ वटा, ट्रक र जिप दुई–दुई वटा, बस र अन्य सवारी साधान एक र एकवटा दुर्घटना भएको ट्राफिक कार्यालयका प्रहरी सहायक हवल्दार सुभाष रानाभाटले बताए ।

सवारी दुर्घटना सम्वन्धि कार्यालयको तथ्यांकअनुसार विगत ४ वर्षमा गत वर्ष सबैभन्दा धेरै सवारी दुर्घटनामा परि मानिसले ज्यान गुमाएका छन् । जिल्लामा आर्थिक वर्ष ०७५÷०७६ मा १४ सवारी दुर्घटनामा हुँदा ९ जनाको मृत्यु भएको थियो ।

आर्थिक वर्ष ०७६–०७७ मा जिल्लामा १३ सवारी दुर्घटनाहरु भएका थिए । ति दुर्घटनामा परेर ८ जनाको ज्यान गएको थियो । यसैगरी अघिल्लो आर्थिक वर्ष ०७७–०७८ मा २१ सवारी दुर्घटनाहरु भएका थिए भने ती दुर्घटनामा परि ११ जनाको ज्यान गएको ट्राफिक प्रहरीको तथ्यांक छ ।

तीन वर्षको अवधिलाई तुलना गर्दा सवारी दुर्घटनाको संख्या र दुर्घटनाबाट हुने मृत्युदरसमेत बढेको कार्यालयको तथ्यांकले देखाएको छ । हालसम्मको दुर्घटनाको प्रकृति हेर्दा सवारी दुर्घटनाको मुख्य कारण चालक संवेदनशिल नहुनु र तीब्र गति प्रमुख रहेको प्रहरी सहायक निरीक्षक राजाराम पौडेलले भनाई छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.