Advertisement

क्यान्सरबाट पोर्चुगलमा एक नेपालीको मृत्यु  

0 241

Advertisement

०८ असार, लिस्बन । पोर्चुगलमा एक नेपाली युवाको क्यान्सरबाट मृत्यु भएको छ। सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का ३४ वर्षीय ङवाङदावा शेर्पाको क्यान्सरबाट ज्यान गएको हो।

शेर्पाको बेजास्थित उलिस बाइसा अलेन्टेज इपिई अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको शेर्पा किदुग पोर्चुगलका सल्लाहकार धन शेर्पाले जानकारी दिए। उनको शव नेपाल पठाउने तयारी भइरहेको छ।

बेजास्थित एक कृषि कम्पनीमा कार्यरत शेर्पाको दुई महिनादेखि उपचार भइरहेको थियो। उनी वैदेशिक रोजागारीको सिलसिलामा चार वर्ष अघि पोर्चुगल आएका थिए।

गत साता पनि चितवनका एक युवकको तालमा डुबेर मृत्यु भएको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.