Advertisement

एसिया भ्रमणको दोस्रो चरणमा बाइडेन जापानमा

0 67

Advertisement

०८ जेठ, जापान । एसियामा अमेरिकी गठबन्धनहरूलाई सुदृढ पार्ने भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन आइतबार जापान पुगेका छन् ।

बाइडेनले अमेरिकी राष्ट्रपतिको रुपमा एसियाको आफ्नो पहिलो यात्रा गर्दै छन् । यसैक्रममा टोकियोबाहिर योकोटा एयर बेसमा पुगेका हुन् ।

क्वाड क्षेत्रीय समूहको शिखर सम्मेलनमा सामेल हुनुअघि सोमबार बाइडेनले जापानका प्रधानमन्त्रीसँग भेट्ने र यस क्षेत्रको लागि अमेरिकी नेतृत्वको व्यापार पहलको अनावरण गर्ने कार्यक्रम रहेको समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले हिजो शनिबार दक्षिण कोरियाको राजधानी सोलमा राष्ट्रपति युन सुक योलसँग पहिलो शिखर वार्ता गरेका थिए ।

यो शिखर सम्मेलन दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा भएको थियो । उक्त वार्ताका क्रममा दुई देशबीचको गठबन्धन गहिरो र व्यापक रणनीतिक सम्बन्धमा परिपक्व हुँदै गएको धारणा व्यक्त गरिएको थियो ।

राष्ट्रपति बाइडेन तीन दिने भ्रमणका लागि शुक्रबार यहाँ आइपुगेका थिए । अमेरिकी राष्ट्रपतिले कोरियाली राष्ट्रपति उचित समयमा वासिङ्टन भ्रमणको निम्तो दिएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.