Advertisement

एमसीसीबारे धारणा बनाउन माओवादी केन्द्र आन्तरिक छलफलमा

0 286

Advertisement

२३ माघ, काठमाडाैँ । अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे धारणा बनाउन नेकपा माओवादी केन्द्र आन्तरिक लफलमा जुटेको छ ।

एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पठाएको पत्र र देउवा र प्रचण्डलाई अमेरिकाले पठाएको जवाफी पत्र सार्वजनिक भएपछि माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको हो ।

नेता नारायणकाजी श्रेष्ठका अनुसार माओवादी केन्द्रले एमसीसीबारे आन्तरिक छलफल गरेर स्पष्ट धारणा तय गर्नेछ ।

आइतबार बिहान माओवादी नेताहरुले प्रधानमन्त्री देउवासँग पटि नेलिफोन वार्ता गरेका थिए । टेलिफोन वार्ताकाका क्रममा प्रधानमन्त्री समक्ष माओवादी नेताहरुले एमसीसीलाई लेखेको पत्र सार्वजनि गरेकोमा आपत्ति जनाएका थिए ।

आइतबार बिहान प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसीलाई पठाएको पत्र सार्वजनिक गरेको थियो । पत्रमा दुबै नेताले एमसीसी अनुमोदन गर्न समय मागेका थिए ।

देउवा र प्रचण्डले पठाएको पत्र कार्यान्वयन गर्न भन्दै एमसीसीले पनि देउवा र प्रचण्डलाई पत्र पठाएका थिए । जवाफी पत्रमा मागेको समय घर्किन लागेको स्मरण गराइएको छ ।

दुबै पत्र सार्वजसनक भएपछि एमसीसीमा माओवादीको धारणा के हो ? भन्ने प्रश्न उब्जिएका बेला माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको हो । माओवादी केन्द्रका नेताहरुले सार्वजनिक रुपमा भने एमसीसी संशोधनविना पास गर्न नहुने बताउँदै आएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.