Advertisement

राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण

0 340

Advertisement

२३ माघ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी हनुमानढोका दरबारस्थित नासलचोक पुगेर आज वसन्त श्रवण गर्नुभएको छ । राष्ट्रपतिले सरस्वती पूजाको दिन उक्त स्थानमा गएर वसन्त श्रवण गर्ने परम्परा रहेको छ ।

सोही परम्पराअनुसार त्यहाँ पुग्नुभएका राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गर्नुभयो ।

वसन्त श्रवण समारोहमा राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको उपस्थिति थियो । समारोहमा सरकारका विशिष्ट अधिकारीहरुकोसमेत उपस्थिति थियो । वसन्तपञ्चमीका दिन देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्ने गरिन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.