Advertisement

कञ्चनरूपमा दुई वर्षभित्र घर–घरमा धारा

0 227

Advertisement

०९ मंसिर, सप्तरी । यहाँको कञ्चनरूप नगरपालिकामा सहरी खानेपानी तथा सरसफाइ आयोजना कार्यालय पानीपोखरी काठमाडौँका सहयोगमा ‘सहरी खानेपानी तथा सरसफाइ आयोजना’ सञ्चालन हुने भएको छ ।

नगरप्रमुख वसन्तकुमार मिश्रले कञ्चनरूप–१२ स्थित धरमपुरमा अतिरिक्त बोरिङको शिलान्यास गर्दै खानेपानी आयोजनाको काम तीव्ररूपमा सुरु भएको घोषणा गर्नुभयो । लामो समयदेखि खानेपानीको अभाव खटकिएको नगरपालिकाको केही वडामा खानेपानीको सर्वसुलभ व्यवस्था मिलाउन आयोजनाले सहयोग पुग्ने जानकारी दिनुभयो । आयोजना निर्माण सम्पन्न भएपछि सबैको घरघरमा खानेपानी पुग्ने आयोजनाले जनाएको छ ।

कञ्चनरूप खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष भुवनबहादुर केसीले अतिरिक्त बोरिङ गर्ने, पाइप जडान गर्नेलगायतका प्रारम्भिक काम सञ्चालनमा आएको जानकारी दिनुभयो । सन् २०१८ मै भएको पहिलो सर्वेक्षणअनुसार आयोजनाबाट वडा नं ८ र १२ का सबै तथा वडा नं ४, ७, ९ र ११ का आंशिक गरी चार हजार ४६४ घरधुरीले खानेपानीको सेवा पाउने छन् ।

आयोजनाका अनुसार नगरपालिकाको वडा नं १२ को धरमपुर र चर्खिया बस्तीपुर तथा वडा नं ८ को कञ्चनपुर हटियामा निर्माणाधीन स्थलहरू गरी छवटा पुरानैमा तीनवटा बोरिङ थप गरिनेछ । साथै १४० किलोमिटर पाइपलाइन जडान हुने आयोजनाले जनाएको छ । नौवटा बोरिङ र धरमपुर, रूपनगर र कञ्चनपुरमा निर्माणाधीन पानीट्याङ्कीबाट आपूर्ति गरिने खानेपानीको उत्पादन क्षमता कञ्चनपुर र रूपनगरमा प्रतिसेकेण्ड १५ लिटर र धरमपुरमा १० लिटर रहने प्राविधिकको भनाइ छ ।

सन् २०१८ को ढाँचा अनुसार नगरपालिकाका २४ हजार ४६४ जनसङ्ख्या लाभान्वित हुनेछन् । सन् २०४० सम्ममा करिब ४० हजार जनसङ्ख्या पुग्ने अनुमान गरिएको छ । बीस वर्षपछि १६ हजार ९०१ घरधुरी थप हुने आयोजनाको प्रारम्भिक अनुमान छ ।

परामर्शदाता पिइएविन जेभी र निर्माण व्यवसायी शर्मा–दिवा–सगुन जेभी रहेको उक्त आयोजनाको २०७८ असार २९ गते ठेक्का सम्झौता भएको हो । जम्मा रु ६८ करोड ८४ लाख ९४ हजार ५०८ को लागत अनुमान रहेको यो आयोजना रु ४४ करोड २९ लाख ९ हजार १९९ करसमेत गरी ठेक्का सम्झौता भएको छ ।

शर्मा दिवा सगुन जेभीले आयोजनाको काम गर्नेछ र ठेक्का सम्झौतापत्रमा उल्लेख भएअनुसार दुई वर्षभित्रमा पहिलो चरणको निर्माणकार्य सम्पन्न गरिसक्ने छ । यस आयोजनालाई विश्व बैंक (एडिबी) बाट ऋण प्राप्त भएको आयोजनाको व्यवस्थापन कार्यालयले जानकारी दिइएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.