शुक्रबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, दैनिक चिसाे बढ्दै
२६ कात्तिक, काठमाडाैँ । आज २०७८ कार्तिक २६ गते (शुक्रबार), जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ ।
यस्तै राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन अनुरोध गरेकाे छ ।