Advertisement

पाकिस्तानलाई स्तब्ध पार्दै अष्ट्रेलिया फाइनलमा

0 552

Advertisement

२६ कात्तिक, काठमाडौं । उपाधिको दावेदार मानिएको पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै अष्ट्रेलिया टी–२० विश्वकपको फाइनलमा पुगेको छ । अब उसले उपाधिका लागि न्यूजिल्याण्डसँग खेल्नेछ ।

अबुधाबीमा पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अष्ट्रेलियाले अन्तिम ओभर खेल्नु अघि ५ विकेट गुमाएर भेट्टायो । ९६ रन बनाउँदा ५ विकेट गुमाएको अष्ट्रेलियालाई ४८ बलमा ८१ रन चाहिएको थियो ।

उत्कृष्ट पारी खेलेका म्याथु वेड र मार्कस स्टोइनिसले छैटौं विकेटका लागि अविजित ८१ रनको साझेदारी गरे । त्यसमा पनि निर्णायक १९औं ओभर रह्यो । शाहिन शाह अफ्रिदीले बलिङ गरेको त्यो ओभरको तेस्रो बलमा वेडले जीवनदान पाएका थिए । लगतै चौथो, पाँचौं र छैटौं बलमा लगातार तीन छक्का हान्दै उनले टिमलाई जित दिलाए ।
वेड ४१ र स्टोइनिस ४० बलमा अविजित रहे । डेभिड वार्नरले ४९ रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १७६ रन बनाएको थियो । उसका लागि मोहम्मद रिवाजले ६७ र फखार जमानले अविजित ५५ रन जोडेका थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.