Advertisement

अध्ययन भएकाे ३४ वर्ष बित्याे, कार्यालय खुल्याे अरू काम बढेन

0 222

Advertisement

१८ असाेज, अर्घाखाँची । नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजनाको निर्माण कार्य गति लिने आसा फेरि निराशमा परिणत हुँदै गएको छ ।
लुम्बिनी प्रदेशको पाँच जिल्लालाई प्रत्यक्ष फाइदा गर्ने यो बहुउद्देश्यीय आयोजनाको प्राविधिक अध्ययन सम्पन्न भएको ३४ वर्ष पूरा भइसकेको छ । यो अवधिमा मुलुकभित्र भिन्नभिन्न व्यवस्था फेरिए पछिल्लो समय योजना स्थलमै कार्यालय स्थापना भई काम सुरु गर्ने तयारी भएपनि पछिल्लो पटक कार्यालयबाट कुनै काम हुन सकेको छैन् ।

अर्घाखाँची र प्यूठानको सिमानामा पर्ने माडी र झिमरुक नदीको संगम नौमुरे क्षेत्रमा यो आयोजना पर्छ । तत्कालीन पञ्चायत सरकारले सस्तो लागत खर्चमा निर्माण गर्ने भनेर २०४३ सालमा यो आयोजनासम्बन्धी भौगलिक परीक्षण, पानीको बहाव परीक्षणका साथै प्राविधिक अध्ययन गराएको थियो। २०४६ सालमा बहुदलीय व्यवस्था आएपछि यो आयोजनाको निर्माण कार्य अघि बढाउने भनेर पटक–पटक चर्चामा ल्याएर प्रतिबद्धता पनि गरिएको थियो ।

अर्घाखाँचीको शितगंगा नगरपालिका–७, ८ र प्युठानको सरुमारानी गाउँपालिका–३ को सिमानामा पर्ने आयोजनाको काम सुरु गर्ने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले पनि आश्वासन दिनु भएको थियो । प्रधानमन्त्री दाहाल पहिलो पटक भारत भ्रमण जाँदा भारतले उक्त आयोजनालाई उपहारका रूपमा निर्माण गरिदिने वचन दिनु भएको थियो । तर, २०७१ साउनमा सरकारले उक्त आयोजना आफैं बनाउने भन्दै पानी भारतलाई दिन नसक्ने अर्को निर्णय गरी यो आयोजनाको निर्माण कार्यलाई फेरि अनिश्चितताको बाटोमा डो¥याएको थियो ।

भारतलाई नदिएर आफैं निर्माण गर्ने निर्णय गरेको सरकारले नीति तथा कार्यक्रमै एक प्रदेश एक जलाशययुक्त जलविद्युत् आयोजनाअन्तर्गत नौमुरे आयोजनालाई समावेश पनि गरेको थियो । यो अवधीमा आयोजनाको कार्यालय स्थापना बाहेक केही भएको छैन ।

संघीयता आउनु अघिदेखि नै आयोजनाको काम बढाइन्छ भनेर सुन्दै आएको छु,’ शीतगंगा–७ का घनश्याम अधिकारीले भने,‘३४ वर्षको अवधीमा बल्ल तल्ल कार्यालय स्थापनासम्म भएको छ । विस्तृत परियोजना अध्ययन पनि सुरु भएको सुन्दैछु।’ आयोजनाको नाममा पटक–पटक भएको छलकपटका कारण आयोजनाको काम अघि बढ्नेमा उहाँ विश्वस्त हुनुहुन्न ।
पाँच महिनाअघि स्थापना भएको कार्यालयमा हाल ताल्चा लागेर बन्द अवस्थामा छ ।

गत चैतमा पुर्व प्रतिनिधि सभा सदस्य तथा पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीले उक्त कार्यालयको उद्घाटन गर्नुभएको थियो ।
सात वर्षमा २ सय ८१ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित आयोजनाको कार्यालय उद्घाटन गरिएको आयोजना स्थल रहेको बडा नम्बर ७ का बडा अध्यक्ष मोहन पन्थीले जानकारी दिनुभयो ।विद्युत् विकास विभागका महानिर्देशक नविनराज सिंहले कोभिडका कारण आयोजनाको काम अघि बढ्न नसकेको दाबी गर्नुभयो ।

नौमुरेको विस्तृत अध्ययन, भवनको जग्गा छनोट, जग्गा खरिद, डुबान क्षेत्र पहिल्याउने लगायतका काम गर्ने लक्ष्य भए पनि कोभिडका कारण तत्काल सम्भव नभएको सिंहको भनाइ छ ।
विद्युत् विकास विभागले प्रस्ताव गरेको आयोजनामा तीन खण्डमा गरी २ सय ८१.३४ मेगावाट विद्युत् उत्पादन गरिनेछ । राप्ती नदीमा १६९ मिटर अग्लो बाँध बनाएर आयोजना अन्तर्गत तीन वटा आयोजना निर्माण गर्न लागिएको हो ।

अर्घाखाँचीको शीतगंगा ७ र ८ को सिमानामा बाँध निर्माण गर्नुका साथै प्यूठानको सरुमारानी ३ मा विद्युत गृह निर्माण गर्ने लक्ष्य छ । शीतगंगा ७ को लामा तालमा रि–रेगुलेटिङ बाँध बनाएर आठ मेगावाटको लामा ताल जलविद्युत् आयोजना निर्माण गर्ने योजना विभागले तयार गरेको छ ।

लामाताल जलविद्युत् आयोजनाको टेलरेसबाट छोडिएको पानी प्रयोग गरी शीतगंगा नगरपालिकाको लाहापे माथिको पहाड, लौरी सीताराको पहाड र धानखोला नजिकको पहाडमुनी सुरुङ बनाएर कपिलवस्तुको शिवराज नगरपालिका १ स्थित सुराई खोला नजिकै ५४.७ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिने योजना छ।

आयोजनाबाट विद्युत् उत्पादन साथै दाङ र कपिलवस्तुमा सिँचाइ सुविधा उपलब्ध गराउने योजना छ । आयोजनामार्फत वितरण हुने पानीले देउखुरी, बाँके, कपिलवस्तुमा गरी ८३ हजार ३०२ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने योजना बनाइएको छ । देउखुरीको १० हजार आठ सय, बाँकेको ४२ हजार ७ सय ६६ र कपिलवस्तुको २९ हजार ७ सय ३६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । यसका लागि एक खर्व २८ अर्व बजेट अनुमान गरिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.