Advertisement

इटालीमा भएको जहाज दुर्घटनामा आठको मृत्यु

0 150

Advertisement

१८ असाेज, एजेनुसी । इटालीको मिलान क्षेत्रमा आइतबार भएको एक सानो विमान दुर्घटनामा परेर आठ जनाको ज्यान गएको छ । सो विमान निजी र सानो रहेको थियो ।सो विमान मिलान क्षेत्रको एक बस्तीमा खसेको थियो । उक्त विमान सो बस्तीको दुई तले घरमा परेको थियो । घरमाथि सो जहाज खस्दा त्यसमा रहेका आठ जनाको ज्यान गएको हो ।

उक्त जहाजका चालक, सहचालक र अरु छ जना यात्रुको सो विमान दुर्घटनामा परेर निधन भएको समाचारमा जनाइएको छ ।सो जहाज दुर्घटनमा परेर निधन भएकामा एकजना इटालियन नागरिक पनि रहेका छन् । त्यस्तै त्यसमा एक बच्चाको पनि ज्यान गएको छ । यहाँका स्थानीयहरुले उक्त दुर्घटना निकै नै डरलाग्दो भएको बताएका छन् ।

बस्तीमा जहाज खसेपछि त्यहाँका नागरिकहरु निकै आतंकित भएका बताइएको छ । प्रहरीले सो दुर्घटनाको कारण अनुसन्धान गरिरहेको बताएको छ । ठूलो संख्याका उद्धारकर्मी र दमकलहरु सो दुर्घटनाको उद्धारका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.