Advertisement

हाइपसरसोनिक’ क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दाबी

0 478

Advertisement

१३ असाेज, काठमाडाैँ । उत्तर कोरियाले मंगलबार बिहान पूर्वी तटमा फायर गरेको क्षेप्यास्त्र नयाँ प्रविधिको रहेको त्यहाँको सरकारी मिडियाले जनाएको छ । यस हाइपसरसोनिक मिसाइलले उत्तर कोरियाको रक्षा क्षमतालाई अभिवृद्धि गर्ने कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएको छ । यस मिसाइललाई रणनीतिक हतियार भनिएको छ । 

उत्तर कोरियाले आणविक र ब्यालेस्टिक क्षेप्यास्त्र बनाउन बन्द गर्ने र त्यसको बदलामा अन्तर्राष्ट्रिय समुदायले उत्तरमाथि थोपरेको आर्थिक नाकाबन्दी खुकुलो गर्ने विषयमा चलिरहेको वार्ता लामो समयदेखि अवरुद्धजस्तै छ । यस्तो अवस्थामा उत्तरले पनि निरन्तर रूपमा हतियार निर्माण गरिरहेको छ । 

मंगलबार मिसाइल लन्च कार्यक्रममा सर्वोच्च किम उन जोङ उपस्थित थिएनन्, तर शीर्ष अधिकारी पाक जोङ चोन यस कार्यक्रममा उपस्थित रहेको केसीएनएले जनाएको छ ।

 



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.