Advertisement

चट्याङ लागेर सातजना बेहोस, तीन गम्भीर, एकदर्जन घरमा क्षति

0 853

Advertisement

२१ भदाै, ओखलढुंगा । ओखलढुंगामा गएराती भिषण वर्षासँगै परेको चट्याङ्गका कारण सात जना जना बेहोस भएका छन् । सिद्धिचरण नगरपालिका वडा नं. १० बेतिनीका विभिन्न घरहरुमा चट्याङ्ग पर्दा सात जना बेहोस भएका हुन ।
चट्याङ्गलागेर स्थानीय विष्णुकुमारी खड्का, तुलसा धमला र अनिषा खड्काको अबस्था भने गम्भीर रहेका छ । गम्भीर अबस्थामा रहेका तीनैजनालाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल सोबरु पुर्याईएको छ । 

 चट्याङ लागेर बेहोस भएका टंककुमारी दाहाल, भेषकुमारी दाहाल र गुणकुमारी भुजेलको अबस्था भने अहिले सामान्य रहेको बेतिनीका वडा अध्यक्ष दामोदर धमलाले जानकारी दिनुभयो । चट्याङले लागेर बेहोस भएका मध्ये चार जनाको पछिल्लो अबस्था सामान्य रहेको र तीन जनाको अबस्था भने गम्भिर रहेको उहाँको भनाय छ ।

चट्याङले लागेर स्थानीयका एक दर्जन बढि घरमा क्षति पुगेकोे छ । आधा दर्जन बढी दुहुना भैसी, गाई तथा अन्य पशु चौपाया मरेको वडा अध्यक्ष धमलाले बताउनुभयो । घटनाको बारेमा जानकारी हुनासाथ जिल्ला प्रहरी कार्यालयवाट प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घटनाको क्षतिको विस्तृत विवरण भने आउन बाकी रहेको प्रहरीको भनाइ छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.