Advertisement

लाइन्स क्लव इन्टरनेस्नल द्वारा रक्तदान कार्यक्रम आयोजना सम्पन्न

0 1,452

Advertisement

१२ भदौ, काठमाडौं । सामाजिक कार्यमा सधै क्रियासिल रहने इन्टरनेस्नल लाइन्स क्लवले रक्तदान कार्यक्रम आयोजना सम्पन्न गरेको छ ।

कोरोना भाईरस (COVID-19) को संक्रमणको बढ्दो दर र यसलाइ नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाको बिषम परिस्थितमा रक्तसञ्चार केन्द्रहरुमा रगतको चरम अभाव भई बिरामिहरुको उपचार प्रभावित हुने भएकाले सामाजिक कार्यको निम्ति लाइन्स क्लवइन्टरनेस्नलले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रम लाइन्स क्लव इन्टरनेस्नल डिस्ट्रिक ५२५ ए २ का‍ लाइन्स क्लव रामेछापकाे प्रमुख आयाेजनामा अन्य क्लवहरुकाे सहयाेगमा काठमाडौं महानगरपालिका बौद्ध स्थित मिसन पव्लिक स्कुल टुसालमा कार्यक्रम भएको थियो ।

छोटो समयको तयारी तथा अहिलेको अवस्थामा पनि स्थानीय तथा सामाजिक व्यक्तिहरुको र लाइन्स क्लव इन्टरनेस्नल र लियाे क्लवका सदस्यहरुको उपस्थितिमा ५३ जना व्यक्तिहरुले रक्तदानमा सहभागि जनाएको आयोजक लाइन्स क्लव इन्टरनेस्नलका जाेन चियर पर्सन नितेस राईले बताउनुभयो ।

रक्तदान गरौं, जिवन बचाउने अभियानमा सहभागि बनौं आग्रह गर्दै लाइन्स क्लव इन्टरनेस्नलका सदस्यहरु, स्थानीय युवाहरु संगै प्रमुख अतिथिको रुपमा क्लस्टर सेक्रटेरी लम्बाेधर घिमिरे साथै लाइन्स क्लव रामेछापकाे प्रेसिडेन्ट प्रज्ञान घिमिरे, लाइन्स क्लव रामेछाप मन्थलीका प्रेसिडेन्ट लाइन्स दामोदर दाहाल तथा अन्य लाइन्स लगायतका व्यक्तिहरुकाे बृहत उपस्थिती रहेको लाइन्स क्लव इन्टरनेस्नल रामेछापका ट्रेजरर राजेन्द्र प्रसाद तिवारीले डिजिटल खबरलाई जानकारी दिनुभयो ।

तिवारीले निषेधज्ञाको समयमा रक्तदान कार्यक्रम राम्रै संग सम्पन्न भएको । र कार्यक्रमा उपस्थित सबैमा सामाजिक कार्यमा सहभागि हुने सबैमा धन्यवाद व्यक्त गर्नुभएको छ । कार्यक्रम सामजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड पालना गरीएको पनि उहाँले डिजिटल खबरलाई जानकारी दिनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.