Advertisement

मानन्धरलाई लाइफ टाइम अचिभ्मेन्ट अवार्ड

0 870

Advertisement

० साउन, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत म्याराथनका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर ‘लाइफ टाइम अचिभ्मेन्ट’ अवार्डबाट शनिबार सम्मानित भएका छन् ।

डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनले मानन्धरलाई नेपाली खेलकुदमा पु¥याएको योगदानको कदर गर्दै ‘लाइफ टाइम अचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरेको हो ।


सागको लगातार तीन संस्करणमा स्वर्ण जित्ने मानन्धर पहिलो नेपाली खेलाडी हुन् । उनले सुरुका तीन संस्करणको म्याराथनमा स्वर्ण जितेका थिए । १९८७ मा भारतको कोलकातामा भएको तेश्रो सागमा वैकुण्ठले स्वर्ण जित्ने क्रममा निकालेको २ घण्टा १५ मिनेट ०३ सेकेन्डको समय सागको १३ औं संस्करणको समाप्तिसम्म कसैले तोड्न सकेको छैन ।

विश्व खेलकुदको सबैभन्दा ठूलो खेल महोत्सव ओलम्पिक सर्वाधिक खेल्ने नेपाली खेलाडीको सूचीमा मानन्धर सबैभन्दा अगाडि छन् । उनले ओलम्पिकको चार संस्करणमा नेपालको प्रतिनिधित्व गरेका छन् ।


फाउन्डेसनका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठ तथा पूर्व धावक एवं गीतकार बुद्धवीर लामाले मानन्धरलाई सम्मान पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे । सोही अवसरमा कलाकारत्रय भ्वाइस अफ नेपाल सिजन थ्रीका विजेता किरण गजमेर, गायिकका टीका लामिछाने र गीतकार÷संगीतकार खेम रिजाल तथा समाजसेवी रुद्र बानियाँलाई प्रतिभा सम्मान पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो ।

धुनुषामा लामा


धनुषा जिल्ला तेक्वान्दो संघको तेश्रो साधारण सभाले तिलक लामाको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।


कार्यसमितिको उपाध्यक्षद्वयमा सन्तोषकुमार चौधरी र गोपाल आचार्य, सचिवमा सुमन लामिछाने, सह–सचिवमा देवकुमार श्रेष्ठ र कोषाध्यक्षमा अमोल ठाकुरले जिम्मेवारी पाए ।


अबुलकुमार झा, सन्दिप मण्डल, निशान लामा, नविना सुन्दास, दिनेश राना मगर, राज लामा र पूर्णबहादुर योञ्जन सदस्यमा चयन भए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.