Advertisement

बस्नेत परिवारलाई प्रेस काउन्सिलको सहयोग

0 697

Advertisement

२८ साउन हापुरे,दाङ । प्रेस काउन्सिल नेपालले कोभीडका कारण निधन भएका पत्रकारहरुलाई आर्थिक सहयोग गरेको छ । पत्रकारिता गरीरहेका र कोभीडका कारण निधन भएका दाङका दुई पत्रकारका परिवारलाई आर्थिक सहयोग गरेको हो ।

काउन्सिलका सदस्य शरद अधिकारी सहभागी भएर दुई पत्रकारका परिवारलाई आर्थिक सहयोग गरिएको हो । दाङका दामोदर अधिकारी र लक्ष्मण बस्नेतका परिवारलाई भेट गरेर आर्थिक सहयोग गरिएको हो ।

काउन्सिलले प्रति परिवार २५ हजारका दरले आर्थिक सहयोग गरेको छ । काउन्सिल पनि दुखको समयमा साथमै रहेको सन्देश दिनका लागि सहयोग गरेको सदस्य अधिकारीले जानकारी दिनुभएको छ ।

यसैक्रममा आज हापुरेमा स्वर्गीय पत्रकार लक्ष्मण बस्नेतकी श्रीमती खिमा बोहरालाई भेट गरी आर्थिक सहयोग गरिएको छ । काउन्सिलका सदस्य अधिकारीसंगै नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुबेदी, सल्लाहकार सुदीप गौतम, सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय सदस्य संगीत बस्याल र प्रेस चौतारी दाङका सचिब प्रेमबहादुर राम्जाको सहभागीतामा सहयोग रकम हस्तान्तरण गरिएको हो ।

काउन्सिलबाट प्राप्त भएको २५ हजार बराबरको चेक सदस्य अधिकारीले लक्ष्मण बस्नेतकी जीवन संगीनी खिमा बोहरालाई हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा प्रगतिशील प्राथमिक बिद्यालयका प्रधानाध्यापक जितबहादुर केसीले दुखको समयमा सहयोगको कार्यक्रमले राहत भएको बताउनुभएको थियो

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.