Advertisement

नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काद्वारा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

0 641

Advertisement

१९ साउन, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

पारसले मंगलबार एक विज्ञप्ति निकाल्दै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।


‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवाला प्रति कृतज्ञता व्यक्त गर्दै अन्तराष्ट्रिय क्रिकेटबाट मैले सन्यास लिने निर्णय लिएको छु । नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो,’ सन्यास घोषणा गर्दै पारसले भनेका छन् ।

अलराउण्डर पारसले सन् २००४ मा राष्ट्रिय टिम डेब्यु गरेका थिए । त्रिवि क्रिकेट मैदानमा अप्रिल २३ का दिन आईसीसी अन्तरमहादेशीय कपमा मलेसियाविरुद्धको खेलबाट पारसले सिनियर टिममा डेब्यु गरेका थिए । त्यसयता उनी टिममा महत्वपूर्ण खेलाडीको रुपमा रहदै आएका थिए ।

सन् २००९ मा कप्तान चयन भएका पारस २०१९ मा कप्तानी पद छाडेका थिए । उनले विनोद दासको स्थान लिएका थिए । युएईमा भएको एसिसी टि–ट्वान्टी ट्रफीबाट पारसले नेपाली टोलीको कप्तानी गरेका थिए ।

३३ वर्षीय पारसले नेपालका लागि १० एकदिवसीय अन्तराष्ट्रिय र ३३ टी-ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेका छन् ।

पारसले एकदिवसीयमा ३ सय १५ रन बनाउँदा ९ विकेट लिएका छन् । टी-ट्वान्टीमा उनले ७ सय ९९ रन जोड्दा ८ विकेट लिएका छन् ।

पारसले २ फस्ट क्लास क्रिकेट खेल्दा ४४ लिस्ट ए खेल खेलेका छन् ।

नेपाली क्रिकेटका सफल कप्तान पारसले नेपाललाई डिभिजन ५ हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता दिलाउन सफल भए ।

पारसकै कप्तानीमा नेपालले टी-ट्वान्टी विश्वकप खेलेको थियो । सन् २०१४ मा बंगलादेशमा भएको टी-ट्वान्टी विश्वकपमा नेपालले प्रतिस्पर्धा गरेको थियो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.