अवैध लागू औषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
०८ फागुन, काठमाडाैं । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागू औषधसहित १४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले कास्की, पोखरा महानगरपालिका–३० पावरहाउस स्थितबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ५ ग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका–१८ हरमाडी बस्ने २९ वर्षीय भिम बहादुर घलानलाई सोमबार राति पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले ग १ ख ६०४९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, बाँसगढी नगरपालिका–६ दमौलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय नबिन भन्ने धन बहादुर कठायतलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले पैदल आइरहेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बर्दिया, बाँसगढी नगरपालिका–७ देउडाकलास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १५० मिलिग्राम सहित सोही नगरपालिका–९ माछागढ बस्ने १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले साइकलयात्री उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न अन्य ४ जनालाई सोधपुछको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम १२ मिलिग्रामसहित भारत घर भएका २१ वर्षीय मो.सल्मानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापा, अर्जुनधारा नगरपालिका-११ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३७ वर्षीया शोभा श्रेष्ठ समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अनारमनी र प्रहरी चौकी बुट्टाबारीबाट खटिएको प्रहरीले श्रेष्ठको घरको तलासी गर्दा उक्त पदार्थ, मोबाइल ११ थान, नगद ३७ हजार रूपैयाँ, घडी ४ थान, इयरबट २ थान, पावरबैंक १ थानसहित उनीहरूलाई पक्राउ गरेको हो ।
रूपन्देही, कोटहिमाई गाउँपालिका–२ खडैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १४० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिद्धार्थनगर नगरपालिका-६ बस्ने बलिराम बढई र मायादेवी गाउँपालिका–३ बस्ने राम शरण चमार रहेका छन् । ईलाका प्रहरी कार्यालय बेथरी र अस्थायी प्रहरी पोष्ट रम्बापुरबाट खटिएको प्रहरीले लु ५ प ३५८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
पक्राउ परेको सबै १४ जना व्यक्ति उपर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।