Advertisement

बारामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना घाइते

0 82

Advertisement

०४ पुस, वीरगञ्ज । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

रौतहटको गुजरा नगरपालिका ३ सिम्रिक बस्ने २६ वर्षीय भुवन पहाडी र २७ वर्षीय ऋतिक बहादुर राईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढ प्रहरी निरीक्षक सञ्जिव ओलीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परेका उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । भुवनले चलाएको मोटरसाईकलमा तीनजना सवार रहेका थिए । सिम्रिक गाउँकै २४ वर्षीय सुशील माझी घाइते छन् ।

उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । निजगढमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि नयाँ चितवन मेडिकल कलेज भरतपुर लगिएको छ ।

निजगढ नगरपालिका-१ स्थित सडक छेउमा बिग्रिएर रोकिराखेको प्रदेश २-०३–००१ ख ४२२९ नम्बरको ट्रकको पछाडी सोही दिशाबाट जाँदै गरेको प्रदेश २–०३–००९ प ३९४३ नम्बरको मोटरसाईकल ठोक्किएर दुर्घटना भएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.