Advertisement

डेंगी संक्रमितको संख्या १९ हजार नाघ्यो, २४ जनाको मृत्यु 

0 90

Advertisement

०५ असाेज, काठमाडौं । नेपालमा डेंगी संक्रमणबाट यो वर्ष मृत्यु हुनेको संख्या २४ पुगेको छ । असारयता डेंगी तीव्र रूपमा फैलिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार असोज ४ गतेसम्म संक्रमितको संख्या १९ हजार २३ र मृतकको संख्या २४ पुगेको हो ।

महाशाखाका अनुसार यो अवधिमा सबैभन्दा धेरै काठमाडौंमा पाँच हजार १३१ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा पाँच हजार १०४ र भक्तपुरमा ७१३ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या १० हजार ९४८ पुगेको छ ।

उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार ८२९ जनामा संक्रमण देखिएको छ । दाङमा एक हजार १८०, रुपन्देहीमा ६७९, चितवनमा ४५१, धादिङमा ३९९, गुल्मीमा २९२ र कैलालीमा २०२ जनामा संक्रमण पुष्टि भएको छ । अरू जिल्लामा संक्रमितको संख्या २०० भन्दा कम रहेको महाशाखाको तथ्यांक छ ।

चिकित्सकको सल्लाहबिना औषधि खान नहुने विज्ञहरू बताउँछन् । “कतिपय अवस्थामा डेंगी परीक्षण गराउने र चिकित्सकको सिफारिसबिना औषधि खाने गर्नाले बिरामी सिकिस्त भएका घटना पनि छन् । त्यसैले यदि आफूलाई गाह्रो हुने खालका लक्षण देखिए तुरुन्तै अस्पताल आउन र परामर्श लिन बिरामीलाई अनुरोध छ,” कान्ति बाल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. रामहरि चापागाइँले भने ।

डेंगी संक्रमितमा हुने शरीरको दुखाइ कम गर्न पेनकिलर खाँदा आन्तरिक र बाह्य रक्तस्राव भई बिरामीको मृत्यु समेत हुन सक्ने भएकाले पेनकिलरको प्रयोग नगर्न वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन सुझाव दिन्छन् ।

डेंगीबाट जोगिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै भएकाले आफ्नो बासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउनु जरुरी हुने चिकित्सक बताउँछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.