Advertisement

इङ्ग्लिस प्रिमियर लिग : लिभरपुल र क्रिस्टल प्यालेसको बराबरी

0 107

Advertisement

३१ साउन, काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन्।

उपाधि दाबेदार लिभरपुलले घरेलु मैदानमा गएराति भएको खेलमा क्रिस्टल प्यालेससँग एक–एक गोलको बराबरी खेलेको हो । खेलको दोस्रो हाफमा लिभरपुल १० खेलाडीमा समेटिएको थियो । क्रिस्टलका जोएचिम एन्डरसनलाई फल गरेपछि लिभरपुलका फरवार्ड डार्विन न्युनेजले रातो कार्ड पाएका थिए ।

खेलमा क्रिस्टल प्यालेसले सुरुवाती अग्रता बनाएको थियो । उसका विलफ्रिड जाहाले खेलको ३२औँ मिनेटमा गोल गरे । लिभरपुलका लुइस डियाजले खेलको ६१औँ मिनेटमा बराबरी गोल फर्काए । पहिलो खेलमा लिभरपुलले फुलह्यामसँग दुई-दुई गोलको बराबरी खेलेको थियो ।

लिभरपुलको २ खेलमा २ अङ्क भएको छ । लिभरपुल अङ्क तालिकामा १२औँ र क्रिस्टल प्यालेस एक अङ्कसहित १६औँ स्थानमा छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.