Advertisement

गाजामा सहायता आपुर्ति प्रतिबन्ध हटाउन इजरायललाई डब्लुएचओ प्रमुखको आग्रह

0 11

Advertisement

०९ जेठ, एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रमुख टेड्रोस एधानोम घेब्रेयससले इजरायललाई गाजामा चिकित्सा सहायता आपूर्तिमा नाकाबन्दी हटाउन आग्रह गरेका छन्।

उनले गाजाको युद्ध क्षेत्रमा करिब ७०० जना गम्भीर बिरामी फसेका बताउँदै चिकित्सा सहायता सामग्रीको अभावलाई तत्काल सम्बोधन गर्न विश्व समुदायको ध्यानाकर्षण गराए।

इजिप्टबाट गाजामा प्रवेश गर्ने सीमा क्षेत्र दुई हप्तादेखि बन्द हुँदा गाजामा आपतकालीन स्वास्थ्य आपूर्तिका लागि प्राथमिक पाइपलाइन समेत काटिएको डब्ल्यूएचओका महानिर्देशक घेब्रेयससले जेनेभामा पत्रकार सम्मेलनमा बताएका हुन्।

गाजामा कहाली लाग्दो अवस्था रहेको बताउँदै गाजाको अस्पताल परिसर र वरपरका क्षेत्रमा देखिएको तनावले यहाँको चिकित्सा सेवा क्षमतालाई प्रभावित गरेको र बिरामीलाई अस्पतालको पहुँचसम्म पुग्न गाह्रो बनाएको टेड्रोसले उल्लेख गरे।

उत्तरी गाजामा दुईवटा मात्र अस्पतालहरूले सेवा प्रवाह गरिरहेको तर उक्त सेवा अपुग देखिएकोले स्वास्थ्य सेवाहरू प्रदान गर्ने वातावरण बनाउन सम्बन्धित सबैको ध्यान जानुपर्ने डब्लुएचओ प्रमुख घेब्रेयससले बताए।

उनले राष्ट्रङघीयको स्वास्थ्य निकायले गाजामा थप सहायता प्रवाह नगरी अस्पताल र जनसङ्ख्यालाई जीवन बचाउने सहयोग कायम राख्न नसकेकोमा पनि दुःख व्यक्त गरे।

डब्ल्यूएचओ र यसका साझेदारहरूले पछिल्लो समयमा अस्पतालमा थोरै मात्रामा इन्धन पुर्‍याउन सफल भएका छन्। गाजामा स्वास्थ्य सेवा सञ्चालनका लागि ठूलो मात्रामा इन्धनको आवश्यकता रहेको तर प्रत्येक दिन आवश्यक पर्ने इन्धनभन्दा निकै कम मात्र आप्रर्ति हुने गरेको उनले बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.