Advertisement

नेप्सेमा ३५ लाख ७७ हजार कित्ता बोनस सेयर सूचीकृत

0 12

Advertisement

१० वैशाख, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार ३५ लाख ७७ हजार १०५ दशमलव ९६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

स्टकका अनुसार ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट वितरण गरेको चुक्ता पुँजीको १ प्रतिशत बोनस बराबरको सेयर आज सूचीकृत भएको हो ।

सोमबार सूचीकृत भएको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

ग्लोबल आईएमई बैंकले गत आवको नाफाबाट १ प्रतिशत बोनस र कर सहित ८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बैंकको २०८० मङ्सिर २८ गते सम्पन्न १७ औं वार्षिक साधारण सभा प्रयोजनका लागि मङ्सिर १३ गते बुकक्लोज गरिएको थियो । बुकक्लोज अनुसार मङ्सिर १२ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र उक्त बोनस पाउनेछन् । नगद लाभांश भने बैंकले यसअघि मङ्सिर २८ गतेदेखि नै वितरण गरिसकेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.