Advertisement

लाल बकैया नदीमा झोलुंगे पुल, बाटो आधा छोटियो

0 7

Advertisement

७ वैशाख, रौतहट । रौतहटको गौरमा रहेको लाल बकैया नदीमा बनेको झोलुंगे पुल सञ्चालनमा आएको छ ।

पुललाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरे ।

४ करोड २७ लाखको लागतमा बनेको पुलको लम्बाई २ सय ५९ मिटर छ । एकैसाथ ६ सय ७१ पैदल यात्री भारवाहन क्षमता भएको पुलले एक घन्टाको बाटो आधा छोटिने गौर नगरपालिकाका मेयर शम्भु साहले बताए । पुलको बनेपछि वर्षा याममा स्थानीयहरुलाई नदी वारपार गर्न सहज हुने उनले बताए ।

पुल उद्घाटनपछि अध्यक्ष नेपालले गौर र ईशनाथ नगरपालिकाका स्थानीयलाई छोटो समयमै आवतजावत गर्न सहज विश्वास व्यक्त गरे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.