Advertisement

जगदम्बा मोबाइल्स बोल्टका लागि नेपालको आधिकारिक वितरकमा नियुक्त

0 9

Advertisement

०६ वैशाख, काठमाडाैं । शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्सले भारतीय वेरेबल ब्राण्ड बोल्टसँग सम्झौता गरेको छ । सम्झौता सँगै जगदम्बा मोबाइल्स अब नेपालको लागि बोल्टको आधिकारिक वितरक भएको छ ।

सहकार्यले नेपालमा स्मार्टवाच र इयरबड्स्जस्ता वेरेबल उत्पादनहरुको बजारलाई नयाँँ आयाम दिने विश्वास कम्पनीले लिएको जनाएको छ । कम्पनीका अनुसार नेपाली उपभोक्ताहरूको विभिन्न आवश्यकता र प्राथमिकता अनुसारका स्मार्टवाच र टिडब्लुएस् (ट्रू वायरलेस स्टेरियो) इयरबडहरु बजारमा उपलब्ध रहेका छन् ।

बोल्टका स्मार्टवाच अन्तर्गत रिपल, क्राउन आर प्रो, ड्रिफ्ट टु, क्राउन र डाइभ एक्स मोडलहरु उपलब्ध रहेका छन् भने टिडब्लुएस् इयरबड्स् अन्तर्गत म्याभरिक, एक्स १० प्रो, के ४५, के ३५, के ६०, एक्स ७० र एक्स ४५ मोडलहरु उपलब्ध रहेका छन् ।

यसबारे बोल्दै जगदम्बा मोबाइल्सका कार्यकारी निर्देशक सक्षम जाटियाले यो सहकार्यले ग्राहकहरूलाई नवीनतम प्रविधि उपलब्ध गराउने प्रतिबद्धतालाई अझ बलियो बनाएको दाबी गरे । त्यस्तै बोल्टका सह–संस्थापक वरुण गुप्ताले जगदम्बा मोबाइल्ससँग विशेष सहकार्य गर्न पाउँदा अत्यन्तै हर्षित भएको उल्लेख गरे ।

उनले यस सहकार्यले नेपाली युवाहरुलाई अत्याधुनिक वेरेबल प्रविधिहरू प्रदान गर्ने साझा प्रतिबद्धतालार्ई प्रतिविम्बित गरेको बताए । सबै मोडलहरु बुधबारबाट दराज लगायत जगदम्बा मोबाईल्सका आधिकारिक रिटेलरहरुमा आकर्षक मूल्यमा उपलब्ध छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.