Advertisement

अछाममा आगलागी हुँदा दिदीभाइको मृत्यु

0 19

Advertisement

३ वैशाख, अछाम । अछाममा आगलागी हुँदा दुई जना बालबालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।

स्थानीय दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहराको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

उनका अनुसार सोमबार बिहान खरले छाएको कच्ची छानामा अचानक सल्केको आगोले स्याउला समेत जलेपछि सोही आगोमा परी ती नाबालकको मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.