Advertisement

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महरा विश्वासको मत लिँदै

0 16

Advertisement

३० चैत, काठमाडाैं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख तुलाराम घर्ती मगरले शुक्बार १ बजे लुम्बिनी प्रदेशसभा बैठक बोलाइएकाे छ ।

लुम्बिनी प्रदेशसभामा रहेका ८७ जना सदस्यमध्ये महरालाई ४८ जना प्रदेशसभा सदस्यको समर्थनमा चैत २३ गते शुक्रवार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । चैत २३ गते प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त भएका महराले चैत २५ गते शपथ ग्रहण र पदभार ग्रहण गरेका थिए ।

महरालाई गठबन्धन दल एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, नेकपा एस १ र स्वतन्त्र सांसद खड्का बस्नेत गरी ४८ जना प्रदेशसभा सदस्यको समर्थन छ । त्यसै गरी विपक्षीमा नेपाली काँग्रेसका २७ जना, राप्रपा र लोसपाका ३÷३ जना प्रदेशसभा सदस्य रहेका छन् । राप्रपामा ४ जना मध्ये १ जना निलम्बनमा परेपछि ३ जना संसद् छन् ।

मुख्यमन्त्री महराले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र जिम्मेवारी प्रदान गर्ने तयारी गरेका छन् । मुख्यमन्त्रीसँगै लुम्बिनी प्रदेशमा विना विभागीय मन्त्री बन्नुभएका एमालेका चेतनारायण आचार्य, जनता समाजवादीका भण्डारीलाल अहिर र माओवादीका दीपेन्द्र पुनलाई कुनै जिम्मेवारी तोकिएको छैन । विश्वासकाे मत पाएपछि उनले सत्ता गठबन्धनका विचमा भएकाे सहमती अनुसार जिम्मेबारी बाँडफाँड गर्ने मुख्यमन्त्रीकाे तयारी छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.