Advertisement

सुनको भाउले बिहीबार पनि तोड्यो रेकर्ड, अब एक तोला सुनको कति पर्ने ?

0 26

Advertisement

२२ चैत, काठमाडाैं । सुनको भाउले बिहीबार पनि नयाँ उचाइ कायम गरेको छ । विगत केही महिनादेखि नै सुन र चाँदीको भाउ निरन्तर उकालो यात्रामा रहेको छ ।

अमेरिकी डलरको मूल्यमा देखिएको मजवुतिसँगै त्यसको प्रभाव सुनको मुल्यमा पर्दै गएको बिश्लेषकहरुले बताएका छन् । यस्तै, विश्वका केन्द्रीय बैंकहरूले विगतमा उच्च दरले खरिद बढाउँदा सुनको भाउमा वृद्धि भइरहेको व्यवसायीहरु बताउँछन् ।

बुधबार १ लाख ३३ हजार रुपैयाँ पुगेर ऐतिहासिक बिन्दुमा कारोबार भएको छापावाला सुनले बिहीबार पनि अर्को उचाइ कायम गरेको हो । बिहीबार सुनको भाउ एक हजार रुपैयाँले बढेको छ । बुधबार सुनको भाउ प्रतितोला १ हजार ८०० रुपैयाँले बढेको थियो । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन प्रतितोला १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदी प्रतितोला १ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ६१० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार २९८ दशमलव ०२ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ दशमलव ०७ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.