Advertisement

केराखेतीबाट १० जनालाई रोजगारी

0 14

Advertisement

१९ चैत, काठमाडाैं । झापाको गौरीगञ्ज–५ मा केराखेती गरिरहेको श्री गणपति एग्रिकल्चर फार्म प्रालिले १० जना श्रमिकलाई नियमित रोजगारी दिइरहेको छ । उनीहरुले केरा लगाउने, गोडमेल तथा हेरचाह गर्ने, उत्पादन भएका केरा टिप्नेलगायत काम गरिरहेका छन् ।

केरा उत्पादन सुरु भएसँगै उक्त फार्ममा थप रोजगारी सिर्जना हुने फार्म सञ्चालक कमल थापाले बताए । उनका अनुसार ८० बिघा जमिन भाडामा लिएर केराखेतीमा लगाइएको छ भने हालसम्म रू दुई करोड खर्च भइसकेको छ । सञ्चालक थापाले भने, “९० हजार केराका बिरुवा लगाएका छौँ । एउटा बिरुवाबाट अर्को बिरुवाको दूरी छ दशमलव पाँच फिट हुन्छ ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘ब्लक विकास’ कार्यक्रममार्फत जिल्लास्थित कृषि ज्ञान केन्द्रले फार्मलाई प्राविधिक सहयोग गरिरहेको छ । केन्द्रका प्राविधिक अञ्जु आचार्यका अनुसार केन्द्र र फार्मको ५०र\५० प्रतिशत लगानीमा प्रविधिक सामग्री सहयोग गर्ने सम्झौता भएअनुसार काम गरिएको बताए । उनका अनुसार पम्पसेट, पाइप मोटर्स, प्राङ्गारिक मललगायतमा दुवै पक्षको ३० लाख नौ हजार सात सय रुपैयाँ खर्च भएको छ ।

“फार्मले खानासहित दैनिक पाँच सय रुपैयाँ ज्याला दिन्छ । घर नजिकै रोजगारी पाएका छौँ । रोजगारीका लागि अरु देश जानु परेको छैन । यो हाम्रा लागि खुसीको कुरो हो”, फार्मका कामदार एकबार मियाँले भने । फार्मका अध्यक्ष वासु उप्रेतीका अनुसार सरकारले केरा उत्पादन भएसँगै बजारीकरण तथा प्रविधिक सहयोग गरेमा पहिलो वर्ष नै लगानी उठाउन सकिने बताए । लगानी उठेपछि खेती विस्तार गर्दै लैजाने योजना पनि रहेको उनको भनाइ छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.