Advertisement

निर्माण व्यवसायीको रकम चाँडै भुक्तानी हुनुपर्छः महासंघ अध्यक्ष ढकाल

0 17

Advertisement

१६ चैत, काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निर्माण व्यवसायीहरुले सरकारबाट आफ्नो भुक्तानी चाँडै पाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

शुक्रबार हेटौडामा आयोजना भएको नेपाल निर्माण व्यवसायी महासंघ को २५औ वार्सिकोत्सवमा बोल्दै अध्यक्ष ढकालले देशको विकासका लागि पूर्वाधार विकास सबैभन्दा महत्त्वपूर्ण पक्ष हो भन्ने कुरा सरकारले बुझ्नुपर्ने बताए ।

सरकारले भुक्तानीमा ढिलाइ गर्दा त्यसले परियोजनाहरूमा ढिलाइ हुन सक्नेतर्फ बुझ्न आवश्यक रहेको उनले बताए । हाल राज्यबाट व्यवसायीहरुलाई निर्माण कार्यको अर्बौं रकम भुक्तानी गर्न नसकेको हुँदा व्यवसायीहरुले आपूर्ति श्रृङ्खला (सप्लाई चेन), बैंक किस्ता एवं श्रमिकहरु लगायत करको ठूलो रकम भुक्तानी गर्न नसकी व्यवसायीहरु आर्थिक रुपमा समस्याग्रस्त रहेको उनले उल्लेख गरे । यद्यपी आगामी दिनहरुमा आलको स्थितिमा सुधार हुने विश्वास उनले व्यक्त गरे । कार्यक्रममा बोल्दै ढकालले निर्माण व्यवसायीहरुलाई बैंकहरुबाट सजिलैसँंग ऋण प्रवाह हुनसक्ने संयन्त्र बनाउनुपर्नेमा पनि जोड दिए ।

अन्त्यमा, नेपाल निर्माण व्यवसायी महासंघलाई नेपालमा पूर्वाधार विकासको लागि अटल प्रतिबद्धताको लागि अध्यक्ष ढकालले धन्यवाद दिए । सो कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.