Advertisement

राजनीतिमा फर्किए गोविन्दा, शिवसेनाबाट मुम्बईमा चुनाव लड्न सक्ने

0 7

Advertisement

१६ चैत, काठमाडौं । भारतीय अभिनेता गोविन्दा पुनः एकपटक राजनीतिको हिस्सा बनेका छन् । उनी त्यहाँको महाराष्ट्र राज्यका मुख्यमन्त्री एकथना शिंदेको दल शिवसेना प्रवेश गरेका छन् ।

यसअघि उनीसँग कांग्रेसबाट चुनाव लडेको अनुभव छ । यद्यपि उनले पार्टी प्रवेशको कुरालाई खास नभएको बताएका छन् ।

गोविन्दा ४३ वर्षको उमेरमा औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेका थिए । उनले आफू १४ वर्षको वनबासपछि राजनीतिमा फर्किएको पार्टी प्रवेश कार्यक्रममा बताए । उनले आसन्न लोकसभा चुनाव लड्न सक्ने अनुमान गरिएको छ । बिहीबार महाराष्ट्र राज्यका सीएम शिन्देले पार्टी सदस्यता दिलाए । उक्त अवसरमा चुनावको टिकटका लागि गोविन्दा पार्टी प्रवेश नगरेको अभिव्यक्ति शिन्देले दिएका थिए ।

तर सन् २०१६ मा राजनीतिमा लाग्ने आफ्नो कुनै इच्छा नभएको अन्तर्वार्ता उनले दिएका थिए । टाइम्स अफ इण्डियामा यसअघि दिएको अन्तर्वार्तामा उनले कलाकार लामो समय राजनीतिमा टिक्न नसक्ने बताएका थिए ।

सन् २००४ मा गोविन्दाले उत्तरी मुम्बईबाट चुनाव लडेका थिए । उनले त्यतिबेला कांग्रेसबाट चुनाव जितेर २००९ सम्म सांसद रहे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.