Advertisement

राष्ट्र बैंकले २० अर्ब ७१ करोडको ट्रेजरी बिल जारी गर्ने

0 8

Advertisement

१२ चैत, काठमाडाैं । नेपाल राष्ट्र बैंकले २० अर्ब ७१ करोडको ट्रेजरी बिल जारी गर्ने भएको छ।

बैंकले २८ दिनको लागि ५ अर्ब, ९१ दिनको लागि १० अर्ब ११ करोड २५ लाख, १८२ दिनको लागि ६० करोड रुपैयाँ र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो।

बैंकले जारी गर्ने २० अर्ब ७१ करोड ट्रेजरी बिलमध्ये १५ अर्ब ७१ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो भने ५ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको सूचनामा उल्लेख छ ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

यो ट्रेजरी बिल भोलि चैत १३ गते जारी हुनेछ भने बोलकबोल आज दिउँसो ३ बजे हुनेछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.