Advertisement

शुक्रबारदेखि काठमाडौंमा संगीत महोत्सव ‘इकोज इन द भ्याली’

0 15

Advertisement

०७ चैत, काठमाडौं । संगीत महोत्सव ‘इकोज इन द भ्याली’को आठौं संस्करण आगामी शुक्रबार र शनिबार आयोजना हुने भएको छ । हनुमानढोका संग्रहालय र इतुम बहाल क्षेत्रमा दुई दिनसम्म फेस्टिभल हुन लागेको हो ।

महोत्सवमा अमेरिका, भारत, मौरिसस, स्पेन र युक्रेनका कलाकारले प्रस्तुति दिने जनाइएको छ । डब डब दफा, दहना, राजामती गायक, हिमालयन हाइवे, सोनगी ब्लुज र सुर सुधाले प्रस्तुति दिनेछन् ।

डेढ सय कलाकारको सहभागिता रहने फेस्टिभलमा दुई कार्यशाला, दुई प्रदर्शनी, सम्पदा भ्रमण, परिवार तथा बालबालिका गतिविधि, स्थानीय खाना र स्वदेशी उत्पादन प्रस्तुत गर्ने स्टल रहनेछन् ।

यस संस्करणले अमूर्त सांस्कृतिक सम्पदाको रूपमा संगीतको महत्वलाई पनि प्रकाश पार्ने जनाइएको छ । पहिलो दिन शास्त्रीय सांगीतिक समूह सुरसुधाले प्रस्तुति दिनेछ । जनकपुरको मिथिलेश्वर जिझिया टोली, इतुम बहलको स्थानीय धिमे समुह, भारतको मणिपुरको प्रयोगात्मक लोककलामा आधारित सिओम र मरिससको सांगीतिक समूह अबाइमको प्रस्तुति रहनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.