Advertisement

बजार घट्दा पनि सर्वोत्तमसहित ४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

0 17

Advertisement

७ चैत, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ३.३४ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०६३.९५ अंकमा कायम भएको छ । आज कारोबार भइरहँदा नेप्से अधिकतम २०८४ अंकसम्म पुगेको थियो ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ३ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४९ करोडमा खुम्चियो । कुल ९४ कम्पनीको मूल्य बढ्दा १४७ को घट्यो भने ४ को स्थिर रह्यो । यस दिन माइक्रोफाइनान्स समूह २.५ प्रतिशत बढ्यो भने ब्यापार समूह ०.०८ प्रतिशत बढ्यो ।

बैंकिङ १.९, विकास बैंक १४, फाइनान्स १०, होटल तथा पर्यटन ३०, हाइड्रोपावर ८.९, जीवन बीमा ५३, निर्जीवन बीमा ०.३, अन्य ११ र उत्पादन समूह ९९ अंक घटे ।

४ कम्पनीको मूल्य भने १० प्रतिशत बढेको छ । गोर्खाज फाइनान्स, बुद्धभूमि नेपाल हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, गुराँस लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । हालै सूचीकृत सर्वोत्तमको मूल्य प्रतिकित्ता ६७२ रुपैयाँ ७० पैसा पुगेको छ । धौलागिरी लघुवित्तको मूल्य ९, गणपति लघुवित्तको ८ प्रतिशत मूल्य बढ्यो ।

बोटलर्स नेपाल बालाजुको मूल्य ९.३ प्रतिशत घट्यो । भगवती हाइड्रोपावरको ६.६, रिलायन्स फाइनान्सको ३.७ र नेपाल फाइनान्सको ३.५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, गोर्खाज फाइनान्स, हिमालयन रिइन्स्योरेन्स र फस्र्ट माइक्रोफाइनान्स कम्पनी क्रमशः अगाडि रहे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.