Advertisement

बुक बिल्डिङबाट आएको पहिलो कम्पनी सर्वोत्तम आजदेखि दोस्रो बजारमा कारोबार हुने

0 9

Advertisement

६ चैत, काठमाडौं । नेपालमै पहिलो पटक बुक बिल्डिङ विधिबाट आईपीओ जारी गरेको सर्वोत्तम सिमेन्टको सेयर दोस्रो बजार नेप्सेमा आज मंगलबारदेखि कारोबारमा आउने भएको छ । सोमबार सूचीकरण भएसँगै मंगलबारदेखि कारोबारमा आउने भएको हो । सेयरधनीका डिम्याट खातामा सेयर जम्मा भइसकेको प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । नेप्सेले कम्पनीलाई ‘एसएआरबीटीएम’ सिम्बोल प्रदान गरेको छ ।

बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण हुँदा सर्वसाधारणमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीको आईपीओ जारी भएको थियो । यस कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ८ पैसासम्म निर्धारण भएको छ ।

न्यूनतम १० पैसा र सोले भाग जाने रकममा कारोबार हुने व्यवस्था रहेकाले यस कम्पनीको पहिलो कारोबार १८५ रुपैयाँ ४० पैसादेखि ५५६ रुपैयाँको बीचमा हुनेछ । जुन मूल्यमा पहिलो कारोबार हुन्छ, सोही मूल्यलाई पहिलो आधार मान्दै प्रत्येक कारोबारमा २ प्रतिशतका दरले घटबढ हुन सक्नेछ । एक दिनमा १० प्रतिशतसम्म घटबढ हुन सक्नेछ । कम्पनीको पहिलो कारोबार ५५६ रुपैयाँमा भएमा मंगलबार नै मूल्य ६११ रुपैयाँ ६० पैसासम्म पुग्न सक्नेछ ।

कम्पनीको कुल ४ करोड ६५ लाख कित्ता सेयर सूचीकृत भएको हो । जसमा १२.९०३३ प्रतिशत अर्थात् ६० लाख कित्ता सर्वसाधारण समूहको र ८७. ०९६७ प्रतिशत अर्थात् ४ करोड ५ लाख कित्ता संस्थापक समूहको सेयर सूचीकृत भएको हो । शुक्रबार कम्पनीको आईपीओ बाँडफाँट भएको थियो । जसअनुसार कुल ५५ हजार ५२१ जना आवेदकले ५० वा ५१ कित्ता सेयर पाएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.