Advertisement

सरकारले कूटनीतिक आचारसंहिता पालनामा कडा कदम चाल्छः परराष्ट्र मन्त्री श्रेष्ठ

0 7

Advertisement

५ चैत, काठमाडौं । परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले कूटनीतिक आचारसंहिता पालनाका लागि कडा कदम चाल्ने दाबी गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै परराष्ट्र मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले भने, ‘परराष्ट्र सम्बन्ध र कूटनीतिक मामिलामा राष्ट्रिय सहमतिको आवश्यकता छ । आचारसंहिता पालनामा सरकार कडा हुन्छ । देशको हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र मामिलामा सहमतिको साथ अगाडि बढ्नुपर्छ ।’

श्रेष्ठले परराष्ट्र मामिलामा स्वार्थ राख्दा र अरूबाट प्रभावित हुँदा सार्वभौम देशमा चुनौती थपिने बताए । उनले भने, ‘यस्ता कुरामा सरकार गम्भीर छ । म सरकारको तर्फबाट परराष्ट्र मन्त्रीको हैसियतले निस्वार्थ मुलुकको हितमा अगाडि बढ्ने पूर्ण प्रतिबद्धता प्रकट गर्न चाहन्छु ।’

राष्ट्रिय हितलाई सर्वोपरी ठानेर विश्वको बदलिँदो अवस्था, भूराजनीतिक अवस्थिति र त्यससँग जोडिएको संवेदनशीलतालाई ध्यान दिएर स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै जाने उनले बताएका छन् । ‘यसको लागि दक्ष र कुशल कूटनीतिक अभ्यास गर्दै अगाडि बढ्ने छौं : मन्त्री श्रेष्ठले भने । यसको आधार नेपालको संविधान, संयुक्त राष्ट्र संघको बडापत्र, पञ्चशीलको सिद्धान्त र असंलग्नताको नीति हुने उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले दुई छिमेकी मुलुकसँगको सम्बन्धलाई मुख्य प्राथमिकता दिएको बताए । ‘छिमेकीसँगै अन्य मित्रराष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध, संयुक्त राष्ट्र संघलगायत बहुपक्षीय विश्व संस्थासँगको राम्रो सम्बन्ध र विकास साझेदारसँग पनि सहभागितामूलक सम्बन्धका आधारमा हाम्रो परराष्ट्र नीति सञ्चालिन हुनेछ,’ उनले भने ।

परराष्ट्र मन्त्री श्रेष्ठले आर्थिक कूटनीतिलाई पनि महत्त्वपूर्ण पक्षका रूपमा अगाडि बढाउने दाबी गरेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.