Advertisement

एनआईसी एसिया बैंकले सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्री गर्दै

0 10

Advertisement

०४ चैत, काठमाडाैं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समुहको ७५ हजार ३०५ किता शेयर बिक्रीमा ल्याएको हो ।

सेयरको न्यूनतम प्रति कित्ता मुल्य २४५ रुपैयाँ तोकिएको छ । उक्त सेयरमा विद्यमान संस्थापकहरू वा जो कोही व्यक्ति कम्पनी, संघ, संस्थाहरूले चैत्र १३ गते कार्यालय समयभित्र गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्ने छन् ।

एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली – ११, काठमाण्डौबाट आवेदन दिन सकिने छ । यस्तै एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालयः ट्रेड टावर नेपाल, थापाथली, काठमाण्डौ शाखा कार्यालयहरु विराटनगर–३, मोरङ्ग, आदर्शनगर, वीरगंज, महेन्द्रपुल, पोखरा, श्रवणपथ, बुटवल, हस्पिटल लाइन, धनगढी र विरेन्द्रनगर, सुर्खेतबाट पनि आवेदन दिन सकिने छ ।

शेयर खरीदको लागि बोलकबोल गर्दा न्युनतम ५ हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम माथि उल्लेखित सम्पूर्ण शेयर संख्याको लागि आवेदन दिन सकिनेछ । तर शेयर खरीद गर्न आवेदन गरेको कुल शेयर किता जोइदा सम्बन्धित नियमनकारी निकायले एउटा व्यक्ति वा संस्थाले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नुपर्नेछ । दशमलवमा ( खण्डित रुपमा) आउने गरी शेयर आवेदन गर्न पाइने छैन ।

सबैभन्दा बढी मुल्यमा बोलकबोल गर्ने आवेदकलाई शेयर बिक्री गरिने लघुवित्तले जनाएको छ । यसबाट पनि शेयर बाँकी रहेमा त्यस पछिको बढी बोलकबोल गर्नेलाई बिक्री गरिने बताइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.