Advertisement

बजेट अभावमा प्रदेश प्रहरी अस्पताल अलपत्र

0 16

Advertisement

३० फागुन, काठमाडाैं । पोखरा महानगरपालिका–७ मुस्ताङचोकमा चार वर्षदेखि निर्माणाधीन गण्डकी प्रदेश प्रहरी अस्पताल बजेट अभावमा अलपत्र परेको छ । सेवारत एवं भूपु प्रहरी र उनीहरुका परिवारको औषधि उपचार गर्ने उद्देश्यले विस २०७७ मा निर्माण सुरु गरिएको उक्त अस्पतालको भवन निर्माण आवश्यक बजेट बिनियोजन नहुँदा पूरा हुन नसकेको हो ।

उक्त अस्पतालको भवन निर्माणमा छ करोड रुपैयाँ लागतको अनुमान गरिए पनि पछिल्लो दुई आर्थिक वर्षयता गण्डकी प्रदेश सरकारले बजेट विनियोजन नगर्दा निर्माणले गति लिन नसकेको हो । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तीर्थ भट्टराईले भने क्रमागत रुपमा निर्माणसम्पन्न गर्ने भनिएको अस्पताल भवन निर्माणका लागि चालु आवमा एक करोड रुपैयाँ छुट्याइएको जानकारी दिए । एघार रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पतालले चार वर्षदेखि टिनको टहराबाट सेवा प्रवाह गर्दै आएको छ ।

अस्पताल निर्माणका लागि आज २०७७\७८मा प्रदेश सरकारले एक करोड बीस लाख रुपैयाँ छुट्याएको भए पनि त्यसपछि गत आवसम्म बजेट बिनियोजन गरिएको थिएन । नेपाल प्रहरीको आफ्नै जग्गामा जस्ता पाताले निर्माण गरिएको भवनमा अहिले दैनिक ४०–५० जनाले सेवा लिँदै आएका छन् ।

अस्पतालका कार्यालय प्रमुख तथा प्राविधिक प्रहरी नायव उपरीक्षक डा रामप्रसाद शर्माका अनुसार अस्थायी रुपमा सञ्चालनमा ल्याइएको अस्पताल भवनबाट ओपिडी, फार्मेसी, ल्याव, आपतकालीन, थेरापी, भिडियो एक्सरे, एक्सरे र सामान्य शल्यक्रियालगायतका सेवा प्रवाह हुँदै आएको छ ।

निर्माणधीन अस्पताललाई क्रमागत भन्दा पनि बहुवर्षीय रुपमा निर्माण गर्ने गरी योजना बनाएको भए बजेट प्राप्त गर्न सजिलो हुने उनको भनाइ छ । पन्ध्र शय्याको उक्त अस्पतालमा प्राविधिकसहित ३३ जना कर्मचारी कार्यरत छन् । अस्पतालल भवनले पूर्णता पाएपछि ५० शय्यामा स्तरोन्नति हुनेछ ।

प्रहरी सङ्गठन कास्कीका पूर्वसचिव सिद्धि रेग्मीले निर्माणाधीन अस्पताल जतिसक्दो चाँडो निर्माणसम्पन्न गर्न सङ्गठनले पनि दबाब दिइरहेको बताए । अस्पताल निर्माणपछि प्रहरी र उनीहरुका परिवारसँगै सर्वसाधारणले पनि सेवा लिनसक्ने उनको भनाइ छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.