Advertisement

राष्ट्रिय सभा निर्वाचन: कांग्रेस उम्मेदवार शर्माको पक्षमा १७ मत मात्रै

0 9

Advertisement

२९ फागुन, काठमाडौं । राष्ट्रिय सभाको अध्यक्ष पदका लागि मंगलबार भएको निर्वाचनमा कांग्रेस उम्मेदवार युवराज शर्माले आवश्यक मत पाउन सकेनन्।

उम्मेदवारी दर्ता क्रम अनुसार शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमा सुरुमा मतदान भएको थियो। प्रस्तावको पक्षमा १७ मत मात्रै परेको छ।

मतदानमा ५६ खसेको थियो। शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा ३९ मत परेको हो।

सभाको सञ्चालन गरिरहेकी उपाध्यक्ष उर्मिला अर्यालले शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको घोषणा गरेकी छिन्।

अब अर्का उम्मेदवार नारायणप्रसाद दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि मतदान हुनेछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.