Advertisement

सडक नै नभएको ठाउँमा पुल हाल्‍ने ३ कर्मचारीलाई सफाइ

0 10

Advertisement

२३ फागुन, पोखरा । गोरखामा सडक नै नभएको ठाउँमा पुल हालेको भन्दै अख्तियार अनुसन्धान आयोगले मुद्धा दायर गरेका ३ कर्मचारीले विशेष अदालतबाट सफाइ पाएका छन् ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टा, प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुंगानाले मंगलबार सफाइ पाएका हुन् ।

गोरखा नगरपालिकाको वडा नम्बर ३ र सिरानचोक गाउँपालिका– ५ जोड्ने जरेवरस्थित दरौँदी खोलामा खोलामा बद्नियतपूर्वक पुल हालिएको अभियोगमा उनीहरुमाथि अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।

सडक नै नभएको ठाउँमा ५ करोड ३९ लाखमा निर्माण गरिएको ५० मिटर लामो पुल बनाइएको अभियोगमा अख्तियारले राज्यको सम्पत्तिको दुरुपयोग गरेको आरोप लगाएको थियो । खोला नै नभएको ठाउँमा पुल बनाएको भन्दै कर्मचारीमाथि अख्तियारले मुद्धा चलाउँदै सोही क्षेत्रबाट चुनाव जितेर मन्त्री बनेका तत्कालीन भौतिक पूर्वाधार मन्त्रालयलाई भने अख्तियारले उन्मुक्ति दिएको थियो ।

काल्पनिक डीपीआर बनाएर पुलको स्थान र डिजाइनसमेत परिवर्तन गरी कानुनबिपरीत पुल हालिएको भन्दै अख्तियारले गत साल फागुनमा विशेष अदालतमा मुद्धा हालेको हो । उनीहरुले ५ करोड ४५ लाख ५२ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले आरोप थियो ।

राज्यको सम्पत्ति औचित्य नभएको स्थानमा खर्च गर्न आफ्नो ओहोदाको दुरुपयोग गरेर भ्रष्टाचार गरेको भन्दै ५ करोड ४५ लाख बिगो कायम गरी कैद र जरिवानासहित हानिनोक्सानी भएको बिगो सचिव मरहट्टाबाट असुल उपर गर्न अख्तियारले मागदाबी गरेको थियो ।

निमित्त निर्देशक श्रेष्ठमाथि गुरुयोजना, ग्रामीण सडक, शहरी सडक वा कुनै रणनीतिक सडकमा नपर्ने काल्पनिक सडकको नाम दिई खोलामा पुल बनाइएको भन्दै ५ लाख ७१ हजार विगो मागदाबी गरेको थियो भने सिनियर डिभिजन इन्जिनियर ओमराजमाथि बदनियतपूर्वक गुरुयोजना बनाएको आरोप थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.