Advertisement

अमेरिकामा बाइडेन र ट्रम्प पुनः राष्ट्रपतिको दौड नजिक

0 21

Advertisement

२३ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले २०२४ को राष्ट्रपति चुनावको आ–आफ्नो पार्टीको प्राइमरीमा सुपर ट्युस्युडे जितमा अग्रता लिएका छन्।

अमेरिकी लेखक मारियान विलियम्सन र काँग्रेस सदस्य डीन फिलिप्सले चुनौति दिएका बाइडेनलाई अलाबामा, म्यासाचुसेट्स, मेन, नर्थ क्यारोलिना, ओक्लाहोमा, टेनेसी, भर्जिनिया र भर्मन्टको डेमोक्रेटिक प्राइमरी र आयोवामा पार्टीबाट राष्ट्रपति उम्मेदवारको लागि प्राइमरी चुनाव जितेका हुन्।

ट्रम्पले अलाबामा, नर्थ क्यारोलिना, ओक्लाहोमा, टेनेसी र भर्जिनियामा रिपब्लिकन प्राथमिक प्रतिष्पर्धामा विजय हासिल गर्ने अनुमान गरिएको छ। दक्षिण क्यारोलिनाका पूर्वगभर्नर र संयुक्त राष्ट्रका लागि पूर्व अमेरिकी राजदुत निक्की हेलीले ट्रम्पसँग प्रतिष्पर्धा गर्दै छन्।

धेरै जनसंख्या भएको क्यालिफोर्निया र टेक्सास र अमेरिकी भूभाग अमेरिकी सामोआलगायत १५ राज्यमा मंगलबार प्राथमिक निर्वाचन भएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.