Advertisement

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बोनस सेयर सेयरधनीको डिम्याट खातामा

0 24

Advertisement

२२ फागुन, काठमाडाैं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको मंसिर २३ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाबाट पारित भएको बोनस सेयर साधारण सभा प्रयोजनका लागि तोकिएको बुकक्लोजको अघिल्लो कारोबार दिन मंसिर १० गतेसम्म कायम सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको कम्पनीले जनाएको हो ।

२३ औं वार्षिक साधारण सभाले सभाले हाल कायम चुक्ता पूँजीको चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस सेयर (४४ करोड ९८ लाख ७ हजार ७३७ रुपैयाँ) र सोको कर प्रयोजनार्थ ०.५५ प्रतिशत (२ करोड ३६ लाख ७४ हजार ९१ रुपैयाँ) नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारितगरेको थियो । बैंकले हालसम्म डिम्याट नगरेका सेयरधनीहरुलाई डिम्याट खातामा बोनस पाउन कागजी सेयर अभौतिकिकरण गर्न अनुरोध गरेको छ ।

यस्तै, मंसिर १० गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाई शेयरधनीको हितग्राही खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भैसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न सक्ने सकिने छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.