Advertisement

नामिवियाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेदरल्यान्ड्स

0 32

Advertisement

२० फागुन, काठमाडौं । नेदरल्यान्ड्सले त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल प्रवेशका लागि निर्णायक मानिएको खेलमा नामिबियाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टीयु क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेदरल्यान्ड्स आजको खेलमा विजयी भएमा सोझै फाइनलमा पुग्नेछ । नेदरल्यान्ड्स कम अन्तरको हारमा पनि नेटरनरेटमा माथि रहँदै फाइनल खेल्ने सम्भावना छ । नामिविया फाइनलमा पुग्न भने विशाल जित हात पार्नुपर्ने हुन्छ ।

नेदरल्यान्ड्सले नेपालसँग पछिल्लो खेलमा ६ विकेटले पराजित भएपछि टोलीमा एक परिवर्तन गरेको छ । काइल केलिनको स्थानमा ब्याटर विक्रमजित सिंहलाई आज मौका दिएको छ । नामिवियाले पनि एक परिवर्तन गरेको छ । माइकल भान लिंगेन बाहिर हुँदा शन फौसीलाई मौका दिएको छ ।

नेदरल्याण्ड्स ३ खेलमा एकमा हार र दुईमा जितसहित चार अंकाका साथ पहिलो स्थानमा छ । नामिबिया समान ३ खेलमा १ मा जित र दुईमा हारसहित २ अंकका साथ तेस्रो तथा अन्तिम स्थानमा छ ।

नेपाल चार खेलमा दुई जित र दुईमा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट राम्रो भएका कारण दुई टोलीको खेलअगावै फाइनल पुगिसकेको छ । फाइनल मंगलबार हुनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.