Advertisement

‘पन्चड’ अवस्थामा रहेको अर्थतन्त्रलाई रेमिटेन्सले टाल्दै

0 18

Advertisement

१७ फागुन, काठमाडाैं । नेपाल खुला विश्व विद्यालयका प्रा. डा. अरहन स्थापितले नेपालको अर्थतन्त्र ‘पन्चड’ अवस्थामा रहेको बताएका छन् । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कुन)ले आयोजना गरेको ‘बागमती प्रदेश साकोस समिटमा’ दक्ष जनशक्ती पलायन सहकारी क्षेत्रमा यसको प्रभाव र निराकरण’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै स्थापितले पन्चड अवस्थामा रहेको अर्थतन्त्रलाई टाल्ने काम रेमिटेन्सले गरेको बताए ।

‘अहिले नेपालमा दक्ष जनशक्ती कम हुँदै गएको छ । अवसरको खोजीमा विदेश पलायन हुनेक्रम निरन्तर बढेको छ । आर्थिक रुपमा उताढ चढाव छ । मुलुकमा आर्थिक, राजनीतिक स्थायित्व नभएसम्म नेपालको दक्ष जनशक्ति अवसरको खोजीमा विदेशिन्छन् । यसलाई नकारात्मक ठान्न हुँदैन’, उनले भने, ‘रेमिटेन्सबाट धानिएको अर्थतन्त्रलाई सकारात्मक मान्न हुँदैन । यो दीगो समाधान होईन । कमजोर अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्नको लागि नेपालमा नै अवसर निर्माण गर्नुपर्छ ।’

नेपालमा दक्ष जनशक्ति आकर्षिणत नहुनु राजनीतिक भाई भतिजा र भ्रष्टाचार, रोजगारीको सिमित अवसर र घट्दो कृषि उत्पादन नै मुख्य रहेका स्थापितले बताए । अहिले सहकारी क्षेत्रमा समस्या आउनुमा दक्ष जनशक्तिको अभाव नै मुख्य कारक रहेको उनको बुझाई छ । सहकारी संघ सस्थामा अन्धधुन्दा लगानी हुँदा समस्या आएकाले अनुसन्धान र विश्लेषण गरेर मात्र परियोजना कार्यान्वयन गर्नु पर्नेमा उनको सुझाव छ ।

त्यसैगरी, सरोकारवालासँगको गहन छलफल बिनै नीति निमार्ण, कानुनी अनुपालन पनि अहिलेको समस्या रहेको छ । सहकारीलाई पार्ट टाईम जागिरको रुपमा लिएको र सहकारी प्रति नकारात्मक सूचना प्रवाह हुदा दक्ष जनशक्ति आकर्षित नभएको उनले बताए । त्यसका साथै सहकारीमा जनशक्तिको आकषर्ण कम हुनुमा सीमित वृत्ति विकास, न्यून तलब, आकर्षक सुविधाको अभाव, अस्थिरता र जोखिमको धारणा जस्ताकुरा मुख्य रहेको उनले औल्याए ।

स्थानिय स्रोत साधन र प्रविधिको प्रयोग गरी नयाँ उद्योग सञ्चालन गर्न सके सहकारीले लगानी वृद्धि गर्नुका साथै रोजगारी सृजना र सदस्यतामा समेत वृद्धि हुँदै जाने उनको बुझाई छ । सहकारीका लागि दक्ष जनशक्तिका लागि सिटिईभिटी र विश्वद्यियालयसँगको सहकार्यमा अघिबढ्न उनले सुझाए ।

उक्त प्रस्तुतीको टिप्पणी गर्दै राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले सहकारीमा कर्मचारी छनोट गर्दा नै ध्यान पुर्याउनु पर्ने बताए । भनसुन र पहँुचका आधारमा कर्मचारी नियुक्ति गरियो भने त्यसको विश्वसनियता नहुने उनको बुझाई छ । कर्मचारी छनोटमा निष्पक्ष र पारदर्शितालाई परिपालना गर्न उनको आग्रह छ । त्यसैगरी कर्मचारीको वृद्धि विकासका साथै सेवा सुविधा, निवृतिभरण एंव कर्मचारीको जीवन यापनलाई पनि ध्यान पुर्याउनु पर्ने गुरागाईले बताए ।

कार्यक्रमको अध्यक्षता गर्दै नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेले सहकारीमा दक्ष जनशक्ति आश्यकता रहेका औल्याए । जनशक्ति बिना कुनै पनि संघ संस्थाले उत्कृट सेवा दिन नसक्ने उनको बुझाई छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.