Advertisement

मानुषी लघुवित्तले गर्यो श्रृजनशील लघुवित्तसँगै मर्जर नगर्ने निर्णय

0 20

Advertisement

१७ फागुन, काठमाडाैं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले श्रृजनशील लघुवित्तसँग मर्जर नगर्ने (डिमर्ज गर्ने) भएको छ । श्रृजनशील लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक नभएको भन्दै मानुषीले हालको अवस्थामा मर्जर सम्भव नभएको भन्दै डिमर्जको प्रक्रियालाई अघि बढाइएको जनाएको हो ।

यी दुई संस्थाबीच २०७९ चैत्र २ गते मर्जरको लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । त्यस्तै २०८० पुस ११ गते अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरी गत माघ ७ गते अन्तिम स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक र नेप्से पत्राचार गरिसकेको थियो ।

झण्डै एक वर्ष लामो समय मर्जर प्रकृयामा रहेका दुई लघुवित्त राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाउने चरणमा आएर डिमर्ज गर्ने अवस्थामा पुगेका हुन् ।

मानुषीको प्रमुख कार्यकारी अधिकृत शोभा बज्रार्चायका अनुसार श्रृजनशील लघुवित्तको वित्तीय संस्थाको सन्तोषजनक नदेखिएको र यथास्थितिमा मर्जरको प्रक्रिया अगाडि बढाउने अवस्था नदेखिएको भन्दै फागुन १६ गते सम्पन्न भएको सञ्चालक समिति बैठकले डिमर्ज गर्ने प्रकृया अगाडि बढाउने निर्णय भएको हो ।

उक्त निर्णयका बारेमा लघुवित्तले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेप्से र सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई समेत जानकारी दिएको लघुवित्तले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.