सुनको भाउमा वृद्धि, बिहीबार कतिमा हुँदैछ कारोबार ?
१७ फागुन, काठमाडाैं । सुनको भाउमा सामान्य वृद्धि भएको छ । बुधबार १०० रुपैयाँले घटेको सुनको भाउ बिहीबार २०० रुपैयाँले बढेको हो ।
बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ तोकिएको छ । बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन १ लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार १ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३६ दशमलव ३७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ५२ डलरमा कारोबार भइरहेको छ ।