Advertisement

मिड सोलु हाइड्रोपावरको ३७ हजार ४२० कित्ता सेयरको ‘लक इन’ सकिँदै

0 16

Advertisement

१० फागुन, काठमाडाैं । मिड सोलु हाइड्रोपावरको ३७ हजार ४२० कित्ता सेयरको ‘लक इन’ अवधि आगामी चैत्र १० गते सकिने भएको छ । उक्त मितिमा कम्पनीले आईपीओ जारी गर्दा सामुहिक लगानी कोषहरुलाई आरक्षित गरेको सेयरको लकइन समाप्त हुने भएको हो ।

कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरको १४ लाख ९६ हजार ८०० कित्ता सेयर सार्वजनिक निष्कासन गरेको थियो । त्यसमध्ये २०८० भदौ २९ देखि असोज २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ६ लाख २१ हजार १७२ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरी असोज १० गते बाँडफाँड गरेको थियो । सो बखत सर्वसाधारणमा सेयर निष्कासन हुने सेयरको पाँच प्रतिशतले हुन आउने ३७ हजार ४२० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँडफाँड गरेको थियो । सोही सेयरको लकइन चैत १० गतेदेखि सकिन लागेको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलले जानकारी दिएको छ ।

‘लक इन’ अवधि सकिएपछि सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको सेयर कारोबारका लागि योग्य हुनेछ । बजारको अस्वभिावक उतार चढावका लागि भन्दै सामूहिक लगानी कोषहरुले आरक्षित कोटामा पाएको सेयर बिक्री गरेर छोटो समयमा नै मुनाफा आर्जन गर्ने र बजारमा स्थायित्वको कायम गर्ने नपाइएपछि धितोपत्र बोर्डले कार्तिक २१ गते म्युचुअल फन्डले कोटामा पाएको सेयर ६ महीना पूरा नभएसम्म बिक्री गर्न नपाउने व्यवस्था गरेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.