Advertisement

प्रजातन्त्र दिवसमा टेलिकमले सार्वजनिक गर्‍यो नयाँ अफर

0 22

Advertisement

०६ फागुन, काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसमा आफ्ना ग्राहकका लागि नयाँ अफर सार्वजनिक गरेको छ ।

वीर शहिदको सम्मानार्थ शहिद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न प्रकारका अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । सो अफर ६ फागुनदेखि १२ फागुन २०८० सम्म लागु हुनेछ ।

यस अफर अन्तर्गत देशमा प्रजातन्त्र/लोकतन्त्र/गणतन्त्र प्राप्तिका लागि आहुति दिने वीर शहिदहरुको सम्मानार्थ शहिद परिवारलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साविक बमोजमको फ्री रिसोर्स अर्थात १ जीबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा भएको तथा ३० दिनसम्म सो रिसोर्स चलाउन मिल्ने सिमकार्ड शहिद परिवारलाई निःशुल्क उपलब्ध गराइने कम्पनीले बताएको छ ।

एफटीटीएच अन्तर्गत ५० एमबीपीएसको इयरली वान टाइम प्याकेज र कम्बो इयरली वान टाइम प्याकेजमा सहुलियत प्रदान गरिएको छ ।

कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको छ ।

अफर अनुसार १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेजका साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा सहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध हुने छ ।

१२ फागुनसम्म आफ्नो मोबाइलबाट 141511# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.