Advertisement

बजेट कटौती भयो, राजस्व घट्यो भन्ने कुरा गलत हो : अर्थमन्त्री महत

0 36

Advertisement

०४ फागुन, काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेट कटौती नभएको बताएका छन्। शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री महतले संसद्‌ले पारित गरेको बजेट अर्थ मन्त्रालयले कटौती गर्न नसक्ने हुँदा बजेटको कटौती नभएको बताए।

‘बजेट नै कटौती भयो, राजस्व भट्यो भन्ने कुरा गलत हो। बजेट कटौती गरेको हैन, जति सम्भव हुन्छ बढी खर्च गर्न हामी कोसिस गर्छौं। संसद्‌ले पारित गरेको विषय हामीले कटौती गर्न सक्दैनौं। तर खर्च र आम्दानी कति गर्न सक्छौं भनेर अनुमान मात्र गर्ने हो,’ उनले भने।

बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले चालु वर्षका लागि विनियोजन गरेको बजेटमा दुई खर्ब बढी बजेट खर्च कम हुने संशोधित अनुमान गरेको थियो।

सरकारले चालु वर्षमा १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट विनियोजन गरेकोमा अर्धवार्षिक समीक्षामा १५ खर्ब ३० अर्ब रुपैयाँको बजेट खर्च हुने संशोधित अनुमान गरेको छ।

त्यस्तै बजेटको क्रममा १४ खर्ब २२ अर्बको राजस्व संकलन हुने अनुमान गरिएकोमा अर्धवार्षिक समीक्षापछि १२ खर्ब तीन अर्ब रुपैयाँ राजस्व उठ्ने आकलन गरिएको छ।

हालसम्म उठेको राजस्वको आधारमा उठ्न सक्ने राजस्व र खर्च हुन सक्ने बजेटको आकलन मात्रै गरिएको उनले बताए।

‘खर्च कटौती गर्ने भन्या छैन र राजस्व पनि नउठाउने भनेको होइन। राजस्व सक्दो उठाउने हो नियमभित्र रहेर, खर्च बढाउने हो,’ उनले भने।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.